कञ्चनपुरको पुनर्वासमा एक युवकको चाकु प्रहर गरि निर्मम हत्या: समाजमा बढ्दो हिंसामाथि गम्भीर प्रश्न

प्रकाशित:

पुनर्वास: ७ बैशाख २०८३ कञ्चनपुरको पुनर्वास नगरपालिका मा १८ वर्षीय किशोर उज्जल सायरको धारिलो हतियार प्रहार गरी हत्या भएको घटनाले स्थानीय समुदायलाई स्तब्ध बनाएको छ। गएराति करिब १:३६ बजे भएको यस आक्रमणमा गम्भीर घाइते भएका सायरलाई उपचारका लागि मायामेट्रो अस्पताल लगिएको थियो, तर उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय त्रिभुवनवस्ती का अनुसार घटनामा संलग्न व्यक्तिको पहिचान अझै खुल्न सकेको छैन र खोजी कार्य तीव्र पारिएको छ। यस घटनाले सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएको मात्र होइन, समाजमा बढ्दो हिंसात्मक प्रवृत्तिबारे गम्भीर चिन्ता पनि व्यक्त गरेको छ ।

यस घटनाले फेरि एकपटक स्पष्ट पारेको छ—हिंसा कुनै समाधान होइन। समाजको स्थायित्व र शान्तिका लागि सबै पक्षले जिम्मेवार भूमिका निर्वाह गर्नु आजको आवश्यकता हो।

ताजा समाचार

सम्बन्धित समाचार