२०७९ माघ २१, शनिबार |
Saturday, February 4, 2023

महेन्द्रनगरबाट अढाई लाख बराबरको अबैध समान बरामद

प्रकाशित:

महेन्द्रनगर । महेन्द्रनगर बजारबाट प्रहरीले अढाई लाख बढीको अबैध समान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट आइतवार साँझ प्रहरी वरिष्ठ नायव निरीक्षक महेन्द्र पाण्डेको कमाण्डमा खटिएको टोलीले भीमदत्त–१८ फ्रि लाईनबाट अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याएर लुकाई राखेको अवस्थाबाट २ लाख ५७ हजार बराबरको समाग्री बरामद गरेको हो ।

मिठाई बनाउन प्रयोग हुने नरिवल पाउडर, बुरादा, सोना पापडी मिठाई लगायतका विभिन्न सर–समान बरामद गरी आवश्यक कारवाहीको लागी गड्डाचौकी भन्सार कार्यालय कञ्चनपुर पठाईएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार