२०७९ माघ २१, शनिबार |
Saturday, February 4, 2023

भन्सार छलीका अवैध सामानहरु बरामद

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १८ फ्रि–लाईनस्थित भारतबाट अवैध रुपमा भन्सार छली ल्याइएका अन्दाजी २ लाख ५७ हजार मूल्य बराबरका सामान बरामद गरिएको छ ।

बरामद गरिएका सामानमा मिठाई बनाउन प्रयोग हुने नरिवल पाउडर, बुरादा, सोना पापडी मिठाई लगायतका सामान बरामद गरिएको प्रहरीले बताएको छ छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपरबाट खटिएको प्रहरी टोलीले सामान बरामद गरेको हो।

बरामद गरिएका सामान आवश्यक कारबाहीको लागी गड्डाचौकी भन्सार कार्यालयमा पठाइएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपरबाट खटिएको प्रहरी टोलीले सामान बरामद गरेको हो।

 

 

ताजा समाचार

सम्बन्धित समाचार