
पुनर्वास । कञचनपुर जिल्ला स्थित पुनर्वास नगरपालिकाले आजदेखि पर्व लक्षित बजार अनुगमन सुरु गरेको छ ।
बजारमा गुणस्तरहीन खाद्यवस्तुहरुको बिक्री बितरणका कारण उपभोक्ताको स्वास्थ्य संग ब्यवसायीहरुले खेलावाड गरी उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पारिरहेको कुरालाइई मध्यनजर गर्दै स्थानिय सरकारले बजार अनुगमनलाई प्रथामिकता दिएको हो ।
पुनर्वास नगरपालिकाका नगर उप उपप्रमुख एवं बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिकी संयोजक भुलिया कुमारी रानाको नेतृत्वमा तिहार नजिकिदै गर्दा अहिले पनि दैनिक उपभोग्य वस्तुको बिक्री बितरणमा चरम लपारवाही हुन सक्ने भन्दै अनुगमन सुरु गरिएको हो।
चाडपर्व लाई मध्येनजर गरि नगरपालिका को अगुवाइमा गरिएको बजार अनुगमनका क्रममा अधिकांस किराना पसलहरूमा म्याद नाघेका खाद्यान्न तथा पेय पदार्थ हरू फेला परेका छन ।
दसै अघि सुरु गरिएको अनुगमन लाई निरन्तरता दिँदै पुनर्वास नगरपालिका ३ स्थित आई वी आर डी बजारमा गरिएको ४५ पसल मध्ये करिब एक दर्जन किराना पसल हरूमा म्याद नाघेका खाद्यान्न तथा पेय पदार्थ फेला परेको हो ।
पुनर्वास नगरपालिका उप प्रमुख तथा उपभोक्ता हित संरक्षण समिति संयोजक भुलिया कुमारी रानाको अगुवाइमा परिचालित अनुगमन टोलीले अपरान्ह ११ बजेदेखि कालिका बजार स्थित स्मृति किराना तथा मदिरा पसलमा ९५ प्रतिशत म्याद नाघेका सामान फेला पारी नियन्त्रणमा लिएको हो , नियन्त्रणमा लिएका सामान मा बिस्कुन, नमकिन , ग्लुकोज , जुस पदार्थ , भुजा , मदिरा लगायतका सामान भेटिएका छन । त्यसैगरी , आई वी आर डी बजारकै अर्को सहकारी पसल जनसेवा ट्रेड सप्लायर्स मा पनि म्याद नाघेका बिस्कुट नमकिन , महँ , चाउचाउ , दूध पाउडर , मसाला हरू लगायतका सामान अनुगमन समितिले फेला पारि नियन्त्रणमा लिएको छ ।
केसी जनरल स्टोर , नवीन किराना पसल , रिदिशा किराना पसल , पोख्रेल किराना पसल त्यसतै शनिबार सञ्चालन हुने साप्ताहिक हाटबजारमा बिक्री गरिने खुलामाछा मासु पसल , लगायतका पसलहरूमा अनुगमन गरेको छ ।
बजार अनुगमन गर्दै गर्दा कृहि पसले हरूले धमाधम पसल नै बन्द गरेका थिए ।
अनुगमनका क्रममा टोलिले म्याद नाघेका सामान हरू नष्ट गरिनुपर्ने सुझाव समेत दिएको छ भने बजारमा केही व्यापारीले दर्ता गरेर व्यवसाय सञ्चालन गरेको मा यथासिघ्र नगरपालिका मा दर्ता गरेर मात्र व्यवसाय सञ्चालन गर्न सुझाव दिएको थियो
अनुगमन टोलिमा नगरपालिका उप प्रमुख भुलिया कुमारी राना , प्रसासकिय अधिकृत शंकर बहादुर बोगटी , प्रशासन अधिकृत गणेश राज जोशी , सह लेखापाल रामकृष्ण बिक , ईलाका प्रशासन कार्यालय त्रिभुवनबस्ति प्रमुख डम्बर सिंह खड्का , ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्ति प्रहरी निरिक्षक नरेशराज मल्ल , पुनर्वास उधोग बाणिज्य संघ अध्यक्ष कृष्णबहादुर तामाङ , कालिका बजार व्यवस्थापन समिति अध्यक्ष अरूण थापा , कृषि सेवा केन्द्र प्रमुख कर्ण बहादुर शाही , पशु सेवा प्रमुख अनिता केसी , स्वास्थ्यकर्मी सिता भाट , महिला बालबालिका शाखा प्रमुख रिता मल्ल पत्रकार लगायतको सहभागिता रहेको थियो ।
नियन्त्रण गरियका तथा म्याद नाघेका सामाग्री हरूनगरपालिका जनप्रतिनिधि , कर्मचारी , प्रहरी प्रशासन , बजार समिति तथा पत्रकारको रोहवरमा नष्ट गरिएको छ ।
मानव स्वास्थ्य संग प्रत्यक्ष सम्बन्ध रहने खाद्यान्न तथा पेय पदार्थ जस्ता दैनिक उपभोग्य बस्तुहरूमा देखिदै आएको व्यापारीक लापरबाहीले भबिस्यमा ठुलो संकट उत्पन्न हुने भएको बिषयलाई मध्येनजर गरि बजार अनुगमन लाई निरन्तरता दिँदै जाने नगर उप प्रमुख तथा उपभोक्ता हित संरक्षण समित संयोजक भुलिया कुमारी रानाले बताउनुभयो।
