Advertisements
Advertisements
२०८० जेष्ठ २५, बिहीबार |
Thursday, June 8, 2023

रासन घोटाला काण्डले दार्चुलामा फेरिए सशस्त्र प्रहरीका कमाण्डर

प्रकाशित:

Advertisements

महेन्द्रनगर। दार्चुलाको खलंगास्थित सशस्त्र प्रहरीको ४४ नं. गणमा कमाण्डर फेरबदल भएका छन्।

रासन घोटाला काण्ड लुकाउन हवल्दारलाई हातहतियार र गोलीगठ्ठाको सूची सार्बजनिक गरेको भन्दै झुठो मुद्दा लगाउने एसपी त्रिभुवन विष्टको ठाउँमा नयाँ एसपीको काज सरुवा भएको हो। रासन घोटालाकाण्डमा विष्ट हलचोकस्थित हेडक्वाटर तानिएका थिए।

अहिले उनको ठाउँमा एसपी डम्बरबहादुर विष्टलाई पठाइएको छ। सशस्त्र प्रहरी जवान तालिम शिक्षालय, नौवस्ता बाँकेबाट बिष्टलाई दार्चुलास्थित नम्बर ४४ गण हेडक्वाटर सरुवा गरिएको हो।

सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३५ को उपनियम ९१० को खण्ड ९ग० र नियमावलीको नियम ३६ बमोजिम सशस्त्र प्रहरी महानिरीक्षकले विष्टसहित चार जना एसपीहरुको काज सरुवा गरेका थिए।

Advertisements

ताजा समाचार

Advertisements

सम्बन्धित समाचार