Friday, March 29, 2024

नगर विकास जग्गा घोटाला प्रकरणः लाखौं बिगो सहित कैद सजायको माग सहित मुद्दा

प्रकाशित:

 

महेन्द्रनगर। तत्कालिन महेन्द्रनगर नगर विकास समितिको जग्गा लिज तथा बिक्री गरी भ्रष्टाचार गरेको आरोप लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १७ जना कर्मचारीबिरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

उनीहरुबिरुद्ध लाखौं रुपैयाँ बिगोसहित कैद सजाय माग गर्दै अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको हो। अख्तियारले सबैभन्दा बढी बिगो नगर विकास समितिका तत्कालिन नायब सुब्बा पुष्पराज भट्टबिरुद्ध कायम गरेको छ।

उनलाई ६३ लाख २२ हजार बिगोसहित कैद सजाय गर्न माग गरिएको छ। त्यसपछि मालपोत कार्यालय कञ्चनपुरका तत्कालिन कार्यालय प्रमुख बिशनसिंह थापासँग ४६ लाख ८१ हजार, नगर विकासका अमिन तुलादत्त जोशीसँग ४६ लाख ४२ हजार बिगो दाबी गरिएको छ।

त्यस्तै तत्कालिन खरिदार नमराज भट्टसँग २१ लाख ३० हजार ८ सय ७६ रुपैयाँ, नापी कार्यालयका तत्कालिन नापी अधिकृत पुष्पराज जोशीसँग १६ लाख ९२ हजार माग,दाबी गरेको छ।

यसैगरी, मालपोत कार्यालय कञ्चनपुरका तत्कालिन मालपोत अधिकृत शंकरबहादुर विष्टसँग १६ लाख ८० हजार, तत्कालिन शाखा अधिकृत दलजित भट्ट २१ लाख ११ हजार, जयबहादुर विष्ट १७ लाख ३२ हजार ४ सय ३६ रुपैयाँ, धनश्यामदत्त विष्टलाई १ लाख ८७ हजार बिगो कायम गरिएको छ।

त्यस्तै तत्कालिन नायब सुब्बा गणेशबहादुर ऐर ४ लाख २५ हजार, नयनसिंह कुँवर १० लाख ५० हजार, भीमसिंह रावल ८ लाख २० हजार २ सय ६०, तत्कालिन खरिदार नरेन्द्रबहादुर ऐर ४ लाख २५ हजार, नापि अधिकृत मोहन चन्दबिरुद्ध ८ लाख ५० हजार बिगो दाबी गरिएको छ।

यसैगरी, मालपोतका खरिदार नमराज भट्ट २१ लख ३० हजार ८ सय ७६,नगर विकासका तत्कालिन सदस्य सचिव चन्द्रप्रसाद चौधरी ५ लाख १४ हजार ८ सय ७३, मालपोतका तत्कालिन प्रमुख कृष्णकुमार निरौला ८ लाख ५० हजार र अशोककुमार भण्डारीबिरुद्ध १६ लाख ४० हजार ५ सय २० रुपैयाँ बिगो कायम गरिएको छ।

 

ताजा समाचार

सम्बन्धित समाचार