Saturday, April 20, 2024

महेन्द्रनगरका लियो,लायन्सद्धारा सडक दुर्घटना न्यूनिकरण सम्बन्धि सचेतनामुलक देउडा कार्यक्रम (फोटो भिडियो)

प्रकाशित:

महेन्द्रनगर । सडक दुर्घटना न्यूनिकरण सम्बन्धि सचेतनामुलक देउडा कार्यक्रम सम्पन्न भएको छ । जिल्ला ट्राफिक कार्यालय महेन्द्रनगरसंगको समन्वयमा महेन्द्रनगर क्षेत्रभित्रका लियो,लायन्स क्लवद्धारा आयोजित उक्त सचेतनामुलक देउडा कार्यक्रम सम्पन्न भएको लियो क्लव अफ महेन्द्रनगर सिटिका सचिव शंकरदत्त अवस्थीले बताए ।

उनकाअनुसार सुदूरपश्चिमेलीहरुको महान चाड गौरा पर्वको अवसरमा महेन्द्रनगर क्षेत्रभित्रका सबै लियो,लायन्सहरुले जिल्ला ट्राफिक कार्यालयसंग समन्वय गरि सडक दुर्घटना न्यूनिकरण सम्बन्धि सचेतनामुलक देउडा कार्यक्रम गरिएको हो ।

‘अहिले सुदूरपश्चिममा सुदूरपश्चिमेलीहरुको महान चाँड गौराको रौनक छ ।’ उनले भने ‘गौरा पर्वमा देउडा खेलिन्छ । त्यही पर्वको (गौरा) अवसरपारि महेन्द्रनगरका लियो,लायन्सहरुले ट्राफिकहरु संग समन्वय गरि स्थानियवासी तथा कलाकारको उपस्थितिमा सडक दुर्घटना न्यूनिकरणका लागि ¥याली निकाल्नुका साथै सचेतनामुलक देउडा खेलिएको हो ।’

सुदूरपश्चिममा खेलिने देउडा मार्फत सडक दुर्घटना न्यूनिकरण सम्बन्धि सचेतना दिन उक्त कार्यक्रम गरिएको लियो क्लव अफ लिटिल बुद्धका अध्यक्ष सिद्धार्थ कडाराले बताए ।

‘पछिल्लो समय ट्राफिक नियमको पालना नगर्दा,छाडा पशु चौपायालगाएतका कारण सडक दुर्घटनामा परि धेरैजनाले ज्यान गुमाइरहेका छन् ।’ जिल्ला ट्राफिक कार्यालय महेन्द्रनगरका प्रमुख एवम् प्रहरी निरिक्षक उमेश बहादुर चन्दले भने ‘त्यही कुरालाई ध्यानमा राख्दै यहाँका लियो,लायन्सहरुको आयोजना र समुदाय प्रहरी – साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक कार्यालयको समन्वयमा बजारमा ¥यालि निकाल्नुका साथै सडक दुर्घटना न्यूनिकरण सम्बन्धि सचेतनामुलक देउडा कार्यक्रम सम्पन्न भएको छ ।’

ट्राफिक प्रहरी ,लियो,लायन्स,स्थानियवासी तथा कलाकारहरुको उपस्थितिमा खेलिएको उक्त देउडामा सडक दुर्घटना न्यूनिकरण सम्बन्धि सचेतनामुलक देउडा गितलाई बढी प्राथमिकता दिइएको थियो ।

उक्त कार्यक्रममा एमजेएफ लायन्स डा. भोजराज पन्त,लायन्स क्लव अफ महेन्द्रनगर सिटिका पूर्व अध्यक्ष तथा महेन्द्रनगर कलष्टर चिफ लायन्स जगदीशचन्द भट्ट, लायन्स क्बल अफ महाकाली महेन्द्रनगरका अध्यक्ष लायन्स सीमा जोशी,सचिव लायन्स जनदिप भट्ट,कोषध्यक्ष लायन्स भाष्कर पन्त,लायन्स रोशन पाठक,लियो जिल्ला परिषद् ३२५ ‘एन’ का सचिव मदन गिरी, जिल्ला परिषद् ३२५ ‘एन’ एरिया–३ का एरिया चिफ देवेन्द्र खड्का, स्थानिय कलाकार जिआर भट्ट,ट्राफिक प्रहरी लगाएत स्थानियहरुको उपस्थिति रहेको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार