Saturday, July 27, 2024

यहाँहरुले दिनुभएको मत खेर जान दिने छैन: नगर उपप्रमुख जोशी

प्रकाशित:

महेन्द्रनगर । कंचनपुरको भीमदत्त नगरपालिकाका उप प्रमुख नीलम लेखक जोशीले आफुहरुले जनतासामु गरेका प्रतिवद्वता सबै पूरा गर्ने बताएकी छन ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

“हामिले चुनावको समयमा जनता संग धेरै प्रतिवद्वता गरेका थियौ ।” मंगलवार भीमदत्त नगरपालिका -१६ ले आयोजना गरेको गौरा पर्व महिला देउडा प्रतियोगिता उद्वघाटन कार्यक्रममा बोल्दै उनले भनिन् ” हामिले गरेका प्रतिवद्वता मध्य ७५ वर्ष माथिका जेष्ठ नागरिकको निशुल्क स्वास्थ्य परिक्षण सेवा, गर्भवती महिलालाई निशुल्क एम्बुलेन्स सेवा लगाएतका काम हामिले शुरु गरिसकेका छौ ।”

उनले अगाडि भनिन् ” हामिले गरेका अरु प्रतिवद्वताहरु पनि यसरी नै पूरा गर्छौ र यहाँले दिनु भएको मतलाई खेर जान दिने छैन भन्ने विश्वास दिलाउन चाहन्छु ।” यस्तै उनले आफ्ना कला सस्कृती जगेर्ना गर्न सबैले आ- आफ्नो ठाँउ बाट लाग्नु पर्ने बताइन् । “

हामी हाम्रा कला सस्कृती बिर्सिएर विदेशी सस्कृतीलाई कपि गरिरहेका छौ ।” उनले भनिन ” अहिले हामी ले हाम्रो कला सस्कृती भाषा जोगाउन सकेनौ भने भोली हाम्रो हाम्रो पुर्खाको अस्तित्व रहदैन ।” उनले अगाडि भनिन ” त्यसैले आफ्ना कला सस्कृती जोगाउन सबैले आ-आफ्नो ठाउँबाट लाग्नु पर्छ । र भीमदत्त नगरपालिका पनि यहाँहरु संग सहकार्य गर्न तयार छ ।”

वडाध्यक्ष केशव सिंह विष्टले आफ्नो कला सस्कृती जगेर्ना गर्ने र एकता होस भन्ने उदेश्यले देउडा प्रतियोगिताको आयोजना गरिएको बताए ।

उत्त देउडा प्रतियोगिता उद्वघाटन कार्यक्रममा भीनपा १० का वडाध्यक्ष प्रकाश थापा,भीनपा १२ का वडाध्यक्ष भुपेन्द्र रावल, भीनपा १३ का वडाध्यक्ष राम बोहरा,लगाएत स्थानीयहरुको उपस्थिती रहेको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार