Saturday, July 27, 2024

भीमदत्त नगरपालिकाले थाल्यो गर्भवती र सुत्केरी महिलालाई निशुल्क एम्बुलेन्स सेवा

प्रकाशित:

मेनुका भट्ट ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले गर्भवती तथा सुत्केरी महिलाहरुलाई निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ । शनिबार महाकाली प्रादेशिक अस्पतालमा आयोजित एक कार्यक्रमका बिच महाकाली अस्पतालबाट सुत्केरी महिला तथा शिशुलाई निशुल्क एम्बुलेन्समा घरसम्म पु¥याएर नगर क्षेत्रभित्रका गर्भवती तथा सुत्केरी महिलालाई निशुल्क एम्बुलेन्स सेवा कार्यक्रमको शुभारम्भ गरिएको हो ।

भीमदत्त नगरपालिका–७ र भीमदत्त नगरपालिका–९ का सुत्केरी महिला र शिशुलाई घरसम्म पु¥याएर निशुल्क एम्बुलेन्स सेवा कार्यक्रम शुभारम्भ गरिएको नगर प्रवक्ता महेन्द्र खड्काले बताए ।

‘एम्बुलेन्स भाडा तिर्न नसकेर घरमै सुत्केरी हुँदा कतिपय आमा र नवजात शिशुको मृत्यु भएको खबर पनि सुनिन्छन ।’ उनले भने ‘तर, अबको दिनमा भाडा तिर्ने पैसा नभएकै कारण कुनैपनि गर्भवती–सुत्केरी, महिला स्वास्थ्य सेवाबाट बन्चित हुन नपरोस भन्ने उद्देश्यले नगरपालिकाले एम्बुलेन्स सेवा निशुल्क गरिदिएको छ ।’

कुनैपनि दिदि बहिनिहरुले एम्बुलेन्स,यातायात अभावका कारण ज्यान गुमाउन नपरोस भन्ने उद्देश्यले यो कार्यक्रमको शुरुवात गरिएको नगर उपप्रमुख नीलम लेखक जोशीले बताइन् ।

‘निर्वाचनमा जनतासंग हामीले एम्बुलेन्स अभावका कारण कुनैपनि महिला तथा शिशुले ज्यान गुमाउन नपरोस भन्ने उद्देश्यले गर्भवती महिलाहरुलाई महाकाली प्रादेशिक अस्पताल सम्म ल्याउन लैजना निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउछौँ भनेर प्रतिवद्धता गरेका थियौँ ।’ नगर उपप्रमुख जोशीले भनिन् ‘आज त्यो प्रतिवद्धता पुरा भइरहेकोे छ ।’ उनले अगाडी भनिन् ‘यसरी नै हामीले जनतासंग गरेका सबै प्रतिवद्धता पुरा गर्छौ ।’

कार्यक्रममा भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत याम नारायण गौलीले उक्त कार्यक्रम निरन्तर सञ्चालन हुने बताए । ‘नगरपालिकाको निति कार्यक्रम अनुरुप नगर क्षेत्रभित्रका गर्भवती महिलाहरुको स्वास्थ्य सेवामा सहज पहुच पु¥याउन र घरमै प्रसुती गराउने कार्यलाई शुन्यमा पु¥याउन नगरपालिका भित्रका प्रसुती सेवा केन्द्र वा महाकाली प्रादेशिक अस्पताल सम्म ल्याउन लैजान निशुल्क एम्बुलेन्स सेवा आजबाट शुभारम्भ भएको छ ।’ उनले भने ‘यो कार्यक्रम निरन्तर सञ्चालन हुन्छ ।’

यस्तै उनले उक्त सेवाका बारेमा जनतालाई जानकारी दिन विभिन्न सञ्चार माध्यमबाट प्रचारप्रसार गर्नुपर्नेमा समेत जोड दिए । यस्तै भीमदत्त नगरपालिका–१८ का वडाध्यक्ष रविन्द्र देवकोटाले उक्त कार्यक्रमलाई थप प्रभावकारी बनाउन सम्बन्धित संघसंस्थाहरुको समेत सहयोग आवश्यक रहेको बताए ।

भीमदत्त नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र राजा जोशीका अनुसार हाल भीमदत्त नगरपालिका संग एउटा मात्र एम्बुलेन्स भएकोले नगरपालिकाले नेपाल रेडक्रस सोसाइटी,परिवार नियोजन संघ,जिमुवा स्वास्थ्य चौकी र महाकाली प्रादेशिक अस्पतालका एम्बुलेन्स भाडामा लिने गरि सम्झौता भएको छ ।

‘अहिले नगरपालिका संग एउटा मात्र एम्बुलेन्स छ ।’ उनले भने ‘त्यसैले नगरपालिकाले रेडक्रस,परिवार नियोजन संघ,जिमुवा स्वास्थ्य चौकी र महाकाली अस्पताल संग सम्झौता गरेको छ ।’ उनले अगाडी भने ‘नगरपालिका बाहेकको रेडक्रस,परिवार नियोजन संघ,जिमुवा स्वास्थ्य चौकी र महाकाली अस्पतालको एम्बुलेन्सले नगर क्षेत्रभित्रका गर्भवती तथा सुत्केरी महिलालाई महाकाली अस्पताल सम्म ल्याएर वा अस्पतालबाट घर पु¥याएको भुक्तानी नगरपालिकाले गर्ने गरी सम्झौता भएको छ ।’

उक्त निशुल्क एम्बुलेन्स सेवा शुभारम्भ कार्यक्रम भीमदत्त नगरपालिकाका प्रशासकिय अधिकृत हरि सिंह धामी, १० का वडाध्यक्ष महेश चन्द, ११ का वाडध्यक्ष प्रकाश थापा , ४ का वडाध्यक्ष सुशील भट्ट , ३ का वाडध्यक्ष गगन सिंह धामी, महाकाली अस्पतालका मेसु अर्जुन भट्ट तथा परिवार नियोजन सघं, नेपाल रेडक्रस सोसाइटी कञ्चनपुरका प्रमुख लगाएतको उपस्थिति रहेको थियो ।

एम्बुलेन्स सम्पर्क नम्बर

१.नेपाल परिवार नियोजन संघ ०९९५२३९८३,९८६५६५१९१९
२.जिमुवा स्वास्थ्य चौकी ९८४८७८९७६३
३. महाकाली प्रादेशिक अस्पताल ९८६५९४२०३५
४.भीमदत्त नगरपालिका ९८६५१२६२१२

ताजा समाचार

सम्बन्धित समाचार