कञ्चनपुरमा पुनर्वासमा बनमौरीको आक्रमणबाट वृद्धको मृत्यु

प्रकाशित:

 

किशोर तामाङ
पुनर्वास (कञ्चनपुर), १७ असोज — कञ्चनपुरको पुनर्वास नगरपालिकामा बनमौरीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ।

पुनर्वास नगरपालिका–५ ग गाउँ, भानु बस्ती निवासी ६४ वर्षीय पदमबहादुर विकको बनमौरीको टोकाइबाट उपचारका क्रममा मृत्यु भएको हो।

प्राप्त जानकारी अनुसार विक शनिबार दिउँसो करिब ४ बजेतिर घरबाट चिया खान निस्किएका थिए। साझा पाखा बाटोमा हिँडिरहेका बेला उनलाई अचानक बनमौरीको समूहले आक्रमण गरेको थियो।

बनमौरीको सामूहिक टोकाइबाट गम्भीर घाइते भएका विकलाई स्थानीयवासीको सहयोगमा तत्काल उद्धार गरी उपचारका लागि धनगढीस्थित निसर्ग अस्पताल पुर्‍याइएको थियो।

अस्पताल पुर्‍याउनासाथ चिकित्सकहरूले परीक्षण गरी उनलाई मृत घोषणा गरेका हुन्। अचानक भएको यस दुःखद घटनापछि स्थानीय भानु बस्ती शोकस्तब्ध बनेको छ।

प्रहरी र सम्बन्धित निकायले घटनाबारे थप विवरण संकलन गरिरहेको जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार