दोधारा-चाँदनीका १० वटै वडामा काँग्रेसले एकैदिन खोल्यो सम्पर्क कार्यालय, रमेश लेखकले गरे उद्धघाटन

प्रकाशित:

-महेन्द्रनगर । नेपाली काँग्रेसका उम्मेदवार हरि प्रसाद बोहराले दोधारा–चाँदनीका १० वटै वडाहरुमा एकै दिन सम्पर्क कार्यालय उद्घाटन गरेका छन् ।

आसन्न फागुन २१ गते हुँने प्रतिनिधि सभा निर्वाचनकालागि कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ मा नेपाली काँग्रेसका उम्मेदवार बोहराले शुक्रवार दोधारा चाँदनी नगरपालिकामा रहेका १० वटै वडाहरुमा सम्पर्क कार्यालय उद्घाटन गरेका हुन् ।

नेपाली काँग्रेसका प्रभावशाली नेता एवं पूर्व गृहमन्त्री रमेश लेखक, केन्द्रीय सदस्य सन्तोषी ऐरी, उम्मेदवार बोहरा, सुदूरपश्चिम प्रदेश सहमहामन्त्री गोपाल भट्ट लगायतका नेता कार्यकर्ताहरुको बाक्लो उपस्थितीका बिच सम्पर्क कार्यालयहरु उद्घाटन गरिएको नेपाली काँग्रेस कञ्चनपुर क्षेत्र नं. ३ का सभापति केशव चन्दले बताए ।

उक्त कार्यक्रममा उत्साहजनक उपस्थिती र नेपाली काँग्रेसको पक्षमा बलियो जनआधार रहेको हुँदा जित सुनिश्चित रहेको पार्टी सचिव भीमराज भट्टले बताए । नेपाली काँग्रेसले कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ मा घरदैलो कार्यक्रम संगै प्रत्येक वडाहरुमा सम्पर्क कार्यालय उद्घाटन गर्दै आएको छ ।

काँग्रेसका प्रभावशाली नेता एवं पूर्व गृहमन्त्री रमेश लेखकले समेत उम्मेदवार बोहरालाई जिताउन एक साताअघिदेखि गतिविधि तिव्र पारेका छन् । उम्मेदवार बोहरालाई साथमा बोकेर पूर्वमन्त्री लेखक कार्यकर्ता सुझाउन एवं मतदाता रुझाउन अविराम खटिएका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार