कञ्चनपुर उद्योग वाणिज्य संघको अध्यक्षमा मल्ल, सदस्यदेखि अध्यक्ष सम्म सधै सर्वसम्मत

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुर उद्योग वाणिज्य संघको १८ औं अधिवेशनबाट अध्यक्षमा दिनेश मल्ल सर्वसम्मत निर्वाचित भएका छ्न । कञ्चनपुर उद्योग वाणिज्य संघको स्थापना कालका बखत बाहेक मल्ल इतिहासमै सर्वसम्मत अध्यक्ष चुनिने व्यक्ति बनेका छ्न ।

अध्यक्षमा निर्वाचित मल्लले सर्वसम्मत हुँदै कञ्चनपुर उद्योग वाणिज्य संघमा आज सम्म चुनाव लड्नु नपरेको इतिहास रचेका छ्न । उनि संघको सदस्य देखि अध्यक्ष सम्म सर्वसम्मत चुनिने पहिलो व्यक्ति बनेका छ्न ।

संघको दुई पटक सदस्य र एक कार्यकाल वरिष्ठ उपाध्यक्ष सर्वसम्मत बनेका मल्ल १८ औं अधिवेशनबाट अध्यक्ष पदमा समेत सर्वस्विकार्य नेतृत्व बनेका हुन ।

उनि संघको १४ औं र १५ औं अधिवेशन मा सर्वसम्मत सदस्य चयन भएका थिए । त्यस्तै १६ औं अधिवेशनमा सहभागिता नजनाएका मल्ल १७ औं मा वरिष्ठ उपाध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका थिए । १७ औं अधिवेशनमा मल्ल सर्वसम्मत निर्वाचित भएको पद बाहेकमा निर्वाचन भएको थियो ।

कंचनपुर उद्योग वाणिज्य संघको इतिहासमै सदस्य देखि अध्यक्ष पदसम्म सर्वसम्मत निर्वाचित हुने पहिलो व्यक्ति बनेका छन मल्ल ।
सुदूरपश्चिममै निश्कलंक एवं निष्ठावान उद्यमी व्यापारीको छवि बनाएका मल्ल २३ वर्षदेखि उद्योग व्यवसायमा अनवरत छ्न ।

न्यू पुजा ट्रेडर्स, भागेश्वर निर्माण सेवा लगायतका औद्योगिक व्यापारिक संस्था संचालन गर्दै आएका अध्यक्ष मल्ल जनस्तरमा स्वच्छ, इमानदार छविका उद्यमी हुन ।

कंचनपुर उद्योग वाणिज्य संघ कंचनपुरको १८ औं अधिवेशनमा कोषाध्यक्षबाहेक सम्पूर्ण पदाधिकारी सर्वसम्मत चुनिएका छ्न । अध्यक्ष मल्लको प्रयासले अधिकांस पदाधिकारी सर्वसम्मत निर्वाचित भएका हुन ।

वरिष्ठ उपाध्यक्षमा दिपेन्द्र प्रकाश साउद, उद्योग उपाध्यक्षमा तेज बहादुर चन्द, वाणिज्य उपाध्यक्षमा गणेश चटौत, महासचिवमा राहुल भट्ट, सचिवमा नरेन्द्र प्रसाद जोशी (एनपी) सर्वसम्मत निर्वाचित भएका छ्न ।

कोषाध्यक्ष पदमा तीन जनाको उम्मेदवारी परेको छ मनोज भट्ट (मिन), प्रदीप पाल र सिद्ध राज भट्टले कोषाध्यक्षमा उम्मेदवारी दिएका छ्न ।

उम्मेदवार मनोनयनको समय समाप्त भइसकेपछि आइतबारसम्म उम्मेदवारी फिर्ताको समय रहेको छ । आइतबार सम्म कोषाध्यक्ष पदमा समेत सर्वसम्मतको टुंगो लाग्ने विश्वास गरिएको छ ।

त्यस्तै संघको सदस्यमा ७ जना आवश्यक रहेकोमा १४ ले उम्मेदवारी दिएका छ्न । उम्मेदवारी फिर्ताको समय अझै रहेकोले सदस्य पदमा समेत सर्वसम्मतको प्रयास गरिने भएको छ ।

सम्भत: कंचनपुर उद्योग वाणिज्य संघको १८ औं अधिवेशनबाट सदस्यदेखि पदाधिकारी-अध्यक्ष सम्म सर्वसम्मत चयन हुने देखिएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार