पवनदुत यातायात एण्ड अटो म्यानेजमेन्ट प्रालिको अध्यक्षमा निराजन थापा निर्वाचित

प्रकाशित:

महेन्द्रनगर । पवनदुत यातायात एन्ड अटो म्यानेजमेन्ट प्रालिको अध्यक्षमा निराजन थापा निर्वाचित भएका छन ।
शुक्रवार भएको प्रालिको वार्षिक साधारण सभाबाट थापालाई सर्वसम्मत अध्यक्ष निर्वाचित भएका हुन् । अध्यक्षमा निर्वाचित भएका थापा नेपाल लोकतान्त्रिक यातायात संघ कञ्चनपुरको जिल्ला अध्यक्ष समेत हुन् ।

अध्यक्षमा थापा संगैं प्रालिको संचालक सदस्यहरूमा चित्र बहदुर सिंह, कर्म बहादुर सिंह, गणेश बहादुर सिंह, बिरेन्द्र बहादुर शाह र पुष्पराज जोशी निर्वाचित भएका छन् ।

सरकारले यातायात समितिहरु खारेजी गरेपछि २०७४ सालमा पवनदुत यातायात एन्ड अटो म्यानेजमेन्ट प्रालि स्थापना भएको थियो । नेपालकै अग्रणी यातायात व्यवस्थापन कम्पनीहरू मध्ये पवनदुत पनि एक हो ।

नवनिर्वाचित अध्यक्ष थापाले संस्थाको प्रारम्भिक चरणदेखि नै नीतिगत निर्णयदेखि व्यवस्थापन सुधारसम्मको जिम्मेवारीमा सक्रिय भूमिका निर्वाह गर्दै आएका थिए । नेतृत्व क्षमताको उच्च मूल्याङ्कन गर्दै थापालाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरिएको प्रालिमा आवद्ध सदस्यले बताएका छन् ।

निर्बतमान अध्यक्ष कृष्णदेव पन्त सहितको सन्चालक समितिले थापाको नेतृत्वमा संस्था अझ गतिशील र प्रभावकारी बन्ने विश्वास व्यक्त गरेको छ । पन्तले आफ्नो कार्यकालमा थापाको सक्रियता र योगदानको प्रशंसा गर्दै नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिएका छन् ।

नवनिर्वाचित अध्यक्ष थापाले संस्थाको सेवालाई अझ व्यवस्थित, सुरक्षित र आधुनिक बनाउन ठोस योजना अघि सार्ने प्रतिबद्धता जनाए छन् । उनले चालक र सवारीधनीबीचको पारस्परिक सहकार्य, डिजिटल प्रणालीको विस्तार र सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई प्राथमिकतामा राख्ने बताए ।

अन्य यातायात व्यवसायिक संस्थाहरूसँग स्वस्थ प्रतिस्पर्धा गर्दै पवनदुत यातायातलाई अग्रणी र उदाहरणीय संस्था बनाउने नवनिर्वाचित अध्यक्ष थापाले प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार