भेनाले बैना गरेको खसी सालोले किन्दा झडपः एकको मृत्यु

प्रकाशित:

बाँकेमा खसी किन्ने क्रममा भएको विवादपछि दुई समूहबीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं। ५ का ५२ वर्षीय जाबिद अली बेहनाको झडपमा परी मृत्यु भएको हो । बिहान उनले किन्न बैना गरेको खसी अर्को समूहले उठाएपछि झडप शुरु भएको थियो ।

आपसी ढुंगा प्रहारकै क्रममा घाइते भएका जाबिदलाई अस्पताल पुर्‍याइएकोमा दिउँसो साढे २ बजे उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी दीपक पातलीले बताए ।

घटनामा संलग्न चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार विवाद गर्ने सालो–भेनाको सम्बन्ध रहेका स्थानीयले बताएका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार