भीमदत्त–७ की २७ वर्षीया संगिता काठमाडौंबाट सम्पर्कविहीन, खोजीका लागि परिवारको गुहार

प्रकाशित:

महेन्द्रनगर। कञ्चनपुरको भीमदत्त नगरपालिका–७ की, हाल काठमाडौंको कोटेश्वरमा बस्ने २७ वर्षीया संगिता चन्द भदौ २१ गतेदेखि सम्पर्कविहीन छिन्।

परिवारका अनुसार, उनी कोरियन भाषा सिक्न काठमाडौं गएकी थिइन् र पछिल्लो समय एक विद्यालयमा काम पनि थालेकी थिइन्। तर, कुन विद्यालयमा काम गर्थिन् भन्नेबारे परिवारलाई जानकारी छैन।

संगिताको कमाइमै घरको गुजारा चल्दै आएको थियो। आमा सिता चन्द र दुई बहिनीहरूको जीवन उनीमै भर परिरहेको अवस्थामा एक्कासी सम्पर्कविहीन भएपछि परिवार गहिरो संकटमा परेको छ।

“संगिताले घरको सबै जिम्मेवारी सम्हाल्दै आएकी थिइन्। अब कहाँ छिन्, के अवस्थामा छिन् भन्ने केही खबर छैन,” आमा सिता चन्दले आँसु झार्दै भनिन्।

उनले प्रहरीमा छोरी हराएको उजुरी दिएको १० दिन पुगिसक्दा पनि कुनै खबर नआएपछि समाजका सबैलाई सहयोग गर्न भावुक अपिल गरेकी छिन्।

परिवारले सम्झनाबारे कुनै जानकारी पाएमा नजिकैको प्रहरी चौकी वा मोबाइल नम्बर ९८४८७७९०१७ मा तुरुन्त खबर गरिदिन आग्रह गरेका छन्।

ताजा समाचार

सम्बन्धित समाचार