महेन्द्रनगर । सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्यम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ) र अखिल क्रान्तिकारीका नेता कार्यकर्ता बिच झडप भएको छ ।

स्ववियु निर्वाचनको सन्दर्भमा मंगलवार नेविसंघ र अखिल क्रान्तिकारीका नेता कार्यकर्ता बिच झडप भएको हो ।

उक्त झडपमा नेविसंघका नरेश पण्डित, बिशाल बिष्ट र पंकज भट्ट क्रान्तिकारीका गणेश मिश्र घाइते भएका छ्न । प्रहरीको धरपकडबाट नेविसंघका पण्डित र बिष्ट घाइते भएको केन्द्रीय सदस्य इन्द्र साउदले बताए ।

प्रहरी निरीक्षक बिर बहादुर बोहराको कुटपिटबाट आफु घाइते भएको नेविसंघका पण्डितले बताए ।
क्रान्तिकारीका मिश्र भने आफु नेविसंघका नेता कार्यकर्ताको कुटपिटबाट घाइते भएको बताए।
घाइतेहरुको महाकाली प्रादेशिक अस्पतालमा उपचार चलिरहेको छ ।
सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रिय क्याम्पसमा स्ववियु निर्वाचनको मिति तय भएपश्चात सोमबारको तालाबन्दीबाट उक्त झडप निम्तिएको हो ।