कञ्चनपुरमा विष सेवनबाट एक महिलाको मृत्यु, आत्महत्या दुरुत्साहनमा रास्वपाका नेता भट्ट र उनकी श्रीमती पक्राउ

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरमा आत्महत्या दुरुत्साहन मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी भीमदत्त नगर समितिका सचिव रामदत्त भट्ट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भट्टलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।

भट्टसंगै उनकी धर्मपत्नि पनि पक्राउ परेकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले आत्महत्या दुरुत्सानमा आएको जाहेरीका आधारमा भट्ट र उनकी पत्नि दुबैलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको बताए ।

‘वहाँ विरुद्ध जाहेरी आएपछि नियन्त्रणमा लिएका छौ, अदालती प्रक्रियामा गई सकेको छ’ उनले भने । प्रहरी प्रवक्ता बोहराका अनुसार भट्ट दम्पत्तिलाई अनुसन्धानका लागि जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरिएको छ ।

भीमदत्त नगरपालिका–७ की एक महिलाले आत्महत्या गरेपछि भट्ट दम्पत्ति विरुद्ध आत्महत्या दुरुत्साहन मुद्दामा जाहेरी परेको हो ।

रास्वपा भीमदत्त नगरसचिव भट्ट २०८१ को उप निर्वाचनमा भीमदत्त–६ मा उप निर्वाचन लडेका थिए ।

ताजा समाचार

सम्बन्धित समाचार