काठमाडौंको ढुंगेअड्डामा दुइटा मोटरसाइकल जुधेपछि ठोक्कियो टेलरसँग,एक जनाको मृत्यु

प्रकाशित:

महेन्द्रनगरः ढुंगेअड्डामा दुइटा मोटरसाइकल आपसमा ठोक्किए र अनियन्त्रित भएको एउटा मोटरसाइकल टेलरमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

गएराति ८ः२५ बजे कलंकीबाट थानकोट जाँदै गरेको बा ६३ प २०७७ नम्बरको मोटरसाइकल र थानकोटतर्फबाट आउँदै गरेको बा।प्र ०२(०४९) प ४९५७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएको थियो।कलंकीबाट जाँदै गरेको मोटरसाइकलले सोही दिशातर्फ जाँदै गरेको ना ६ ख ८६१४ नम्बरको टेलरलाई ढुंगेअड्डा ओभरटेक गरेको थियो। सोही क्रममा थानकोटबाट आउँदै गरेको मोटरसाइक उक्त मोटरसाइकलसँग ठोक्किएको थियो।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी दीपक गिरीका अनुसार दुई मोटरसाइकल ठोक्किएपछि थानकोटतर्फबाट आउँदै गरेको मोटरसाइकल अनियन्त्रित भएर टेलरमा ठोक्किएको थियो।टेलरमा ठोक्किएको मोटरसाइकलका चालक हुम्लाको अदानचुली गाउँपालिका(३ घर भइ हाल काठमाडौंको चन्द्रागिरि नगरपालिका(४ थानकोट चेकपोस्ट बस्ने २२ वर्षीय धिरेन्द्र धियालको मृत्यु भएको एसपी गिरीले जानकारी दिए।

गम्भीर घाइते भएका उनलाई उपचारका लागि शहिद मेमोरियल अस्पताल लगिएको थियो। त्यहाँ ९स्०५ बजे मृत घोषणा गरेको थियो।अर्का मोटरसाइकल चालक चन्द्रागिरि नगरपालिका(४ थानकोटका ५० वर्षीय मुक्तिनारायण श्रेष्ठ घाइते भएका छन्। उनको बायाँ हात र खुट्टामा सामान्य चोट लागेको छ।टेलर चालक मकवानपुरका ४९ वर्षीय आनन्द विक र तीन वटै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा राखेको छ।

ताजा समाचार

सम्बन्धित समाचार