कैलालीमा युवतीमाथि बलात्कार आरोपमा सञ्जु पक्राउ

प्रकाशित:

धनगढी । कैलालीमा युवतीमाथि बलात्कार गरेको आरोपमा एक जनालाई पक्राउ गरिएको छ । बर्दगोरिया गाउँपालिका–३ झाल बस्ने २१ वर्षीया युवतीलाई जबरजस्तीकरणी गरेको आरोपमा सोही ठाउँका २१ वर्षकै सन्जु दमाइलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराले बुधबार युवतीमाथि जबरजस्तीकरणी गरेको उजुरीका आधारमा दमाइलाई पक्राउ गरिएको जानकारी दिए ।उनले युवतीकै घरको माथिल्लो तलामा जबरजस्तीकरणी गरेको आरोप लागेको छ ।

दमाइलाई नियन्त्रणमा लिएर अनुुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार