कञ्चनपुर। कञ्चनपुरको तीन ठाउँबाट ७२ हजार ७ सय ५ रुपैयाँको अवैध सामान बरामद गरिएको छ।
भीमदत्त नगरपालिका–१७, दोधारा चाँदनी–१० कुतियाकभरस्थित पुल र पुनर्वास नगरपालिका–११ डोके बजारबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी ७२ हजार ७ सय ५ रुपैयाँको अवैध सामान बरामद गरिएको हो।
चिनी, खानेतेल, प्लाष्टिकको कुर्सी, दिपावलीका विभिन्न किसिमका पोष्टरहरु, पटाका, किराना लगायतका सामान बरामद गरिएको प्रहरीले जनाएको छ।