कञ्चनपुर। कञ्चनपुरको विभिन्न ठाउँबाट ४ लाख रुपैयाँको अवैध सामान बरामद गरिएको छ।
भीमदत्त नगरपालिका–१० भन्सार कार्यालय नजिक, भीमदत्त–९ खल्ला, बेलौरी–७ पौलाह र दोधारा चाँदनी–१ बाट ४ लाख ९ हजार ३ सय ७ रुपैयाँ बराबरको अवैध सामान बरामद गरिएको हो।
भारतबाट भन्सार छलि गरि ल्याएका प्याज, चिनी, गुड, बिडी, सुर्ती, सरफ, दाल, मटर, मिठाई, आलु, पाईन्ट कपडा, धातुको बाटा, ढोकाको कब्जा, काजु, बदाम, पेय पदार्थ, कस्मेटिक समान र किराना लगायतका सामान बरामद गरिएका प्रहरीले जनाएको छ।