सुदूर पहाड जाँदै गरेको जिपमा खैरो हेरोइन, समातिए २ युवक

प्रकाशित:

कञ्चनपुर। कैलालीमा लागुऔषध खैरो हेरोइनसहित ३ जना पक्राउ परेका छन्।

कैलालीको गोदावरी नगरपालिका–१ अत्तरियाबाट चुरे गाउँपालिका–३ का २१ वर्षीय निराजन शाह लागुऔषधसहित पक्राउ परे। उनको साथबाट १ ग्राम २३० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ।

चुरे गाउँपालिका–३ खानीडाडामा लागुऔषध खैरो हेरोइनसहित दुई युवक पक्राउ परे। कैलालीको धनगढीबाट बैतडी जाँदै गरेको सु.प.प्र.०१ ००१ ज १४३४ नम्बरको जिपमा सवार दुई जनालाई शंका लागेर जाँच गर्दा खैरो हेरोइन भेटिएको थियो।

पक्राउ पर्नेमा डोटीको जोरायल गाउँपालिका–२ भट्टेखोलाका २४ वर्षीय दीपक बिष्ट र २४ वर्षीय गोबिन्द बिष्ट छन्।

उनीहरुको साथबाट २ ग्राम ७९० मिलिग्राम लागुऔषध खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार