कांग्रेसको १०० दिने अभियानः कञ्चनपुर क्षेत्र नं. २ मा पुर्वमन्त्री साउँदको सम्बोधन

प्रकाशित:

कञ्चनपुर । सांगठनिक काममा खट्ने गरी नेपाली कांग्रेसको १०० दिने अभियान सुरु गरेनुसार कञ्चनपुरको निर्वाचन क्षेत्र नं. २ मा एक कार्यक्रम सम्पन्न भएको छ । पुर्व परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउँदको प्रमुख आतिथ्यमा आज कञ्चनपुरको क्षेत्र नं. २ मा कार्यक्रम सम्पन्न भएको हो ।

दशैंपछि गृहजिल्ला पुगेका पुर्वमन्त्री साउँदले जिल्लामा पार्टीका गतिविधि बढाएका छन् । असोज ७ देखि सुरु गर्ने भनिएको कांग्रेसको १०० दिने अभियान असोज ११ र १२ मा आएको वर्षाले ल्याएको विपत्तिका कारण ३० सम्मकालागि स्थगन गरेको थियो । सोहि अनुरुप कञ्चनपुरमा पनि कांग्रेसको १०० दिने अभियान आजदेखि पुनः सुचारु भएको हो ।

जिल्लाको क्षेत्र नं. २ संगै अन्यमा पनि पुर्व मन्त्री साउँदले १०० दिने अभियान अन्र्तगत कार्यक्रमहरु गर्नेछन् । शनिवार जिल्लााके क्षेत्र नं. १ र आइतबार क्षेत्र नं. ३ मा पनि उक्त कार्यक्रम सम्बोधनकालागि मन्त्री साउँद पुग्ने कार्यतालिका रहेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार