डडेल्धुरा बस दुर्घटना: यी हुन घाइते १२ जना, कस्तो छ अवस्था ?

प्रकाशित:

कञ्चनपुर। डडेल्धुरामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। मंगलबार मध्राति डडेल्धुराको अमरगढी नगरपालिका–७ खस्रेखानमा बस दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार मृत्यु हुनेमा बैतडी पुर्चौडी नगरपालिका–३ की ४५ वर्षीया जैमती बोहरा, सोही ठाउँका २२ वर्षीय सहदेव बोहरा, २० वर्षीया कमला बोहरा र उनका नाबालक छोराको छन्।

कञ्चनपुरको महेन्द्रनगरबाट बैतडी पुर्चौडीर्फ गइरहेको पवनदुत यातायातको ना ८ ख १०७८ नम्बरको बस खस्रेखानमा सडकबाट करिब तीन सय मिटर तल खसेको थियो।

दुर्घटनामा १६ जना घाइते भएका छन्। तीमध्ये एक जनाको अवस्था गम्भीर छ। प्रहरीका अनुसार ९ जना मध्यम र २ जना सामान्य घाइते छन्।

रेफर घाइते
१) चालक ऐ.ऐ. बस्ने बर्ष २४ को बिरेन्द्र बोहरा (दुबै आँखा, मुख, टाउको, दाहिने खुट्टामा चोट) अवस्था सिरियस, ऐ. ०३ः५० बजेको समयमा धनगढी तर्फ रिफर गरेको ।
२) जि.डडेल्धुरा आलिताल गा.पा. १ बस्ने बर्ष २१ को मुकुन्द बोहरा (कम्मर, टाउको, मुखमा चोट ) अवस्था मध्यम । ऐ.०५ः५० बजेको समयमा धनगढी तर्फ रिफर ।
मध्यम घाईतेहरू
१) जि.बैतडी पुर्चौडी न.पा. ७ बस्ने बर्ष २४ को नवराज साउँद (बाँया आँखा, टाउको, कम्मरमा चोट) अवस्था मध्यम ।
२) ऐ.ऐ. वडा न. ६ बस्ने बर्ष २४ को राजेन्द्र साउद (दुवैहात, खुट्टा, टाउकोमा चोट) अवस्था मध्यम ।
३) जि. कञ्चनपुर कृष्णपुर न.पा. ५ बस्ने बर्ष ६५ कि धनमति साउँद (आँखा, बाँया खुट्टा निधार, कम्मरमा चोट ) अवस्था मध्यम ।
४) जिल्ला बैतडि पुर्चौडि न.पा. ८ बस्ने बर्ष ४२ को पदम बहादुर बोहरा (कम्मर, टाउकोमा चोट) अवस्था मध्यम ।
५) ऐ.ऐ. वडा न. ७ बस्ने बरष २८ को नवराज सिंह रतुकी (टाउको, कम्मर, छातिमा चोट ) अवस्था मध्यम ।
६) ऐ.ऐ. बस्ने बर्ष २० को सुरेन्द्र रतुकी (अनुहार, कम्मर, टाउकोमा चोट ) अवस्था मध्यम ।
७) ऐ.ऐ. वडा न. १० बस्ने बर्ष ४० को दामोदर महरा (कम्मर, छाती, मुखमा चोट ) अवस्था मध्यम ।
८) ऐ.ऐ बस्ने १० बस्ने बर्ष अ. २५÷२६ को धन बहादुर महरा टाउकोमा चोट अवस्था मध्यम ।
सामान्य घाईतेहरू
१) जि. कञ्चनपुर कृष्णपुर न.पा. ४ बस्ने बर्ष २५ को दिनेश साँउद ( छाति ,टाउकोमा चोट) अवस्था सामान्य ।
२) जिल्ला दार्चुला मार्मा गा.पा. ५ बस्ने बर्ष ३५ कि बिमला महता ( दाहिने हात, खुट्टामा चोट) अवस्था सामान्य

ताजा समाचार

सम्बन्धित समाचार