रास्वपाद्वारा गौरीफन्टा नाकामा हेल्प डेस्क सञ्चालन

प्रकाशित:

महेन्द्रनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कैलालीको गौरीफन्टा नाकामा हेल्थ डेस्क सञ्चालनमा ल्याएको छ ।

दशैँ-तिहारका बेला भारतबाट घर फर्किनेहरूको सहयोगका लागि रास्वपाको सुदूरपश्चिम प्रदेश समितिले हेल्प डेस्क सञ्चालनमा ल्याएको हो ।

रास्वपाकी केन्द्रीय महिला विभाग सदस्य चन्द्रा ऐर चाँदनीले चाडपर्व मनाउन भारतबाट घर फर्किने नेपालीको सहयोगका लागि हेल्प डेस्क सञ्चालन गरिएको बतमइन् ।

उनकाअनुसार असोज १५ गतेदेखि सञ्चालनमा ल्याइएको डेस्क असोज २१ गतेसम्म चलाइनेछ ।
तर आवश्यक परेमा हेल्प डेस्कको अवधी बढाइने उनले बताइन् ।

रास्वपाले गत वर्षदेखि नै दशैँ-तिहारमा नाका हेल्प डेस्क सञ्चालन गर्दै आएको थियोे ।

ताजा समाचार

सम्बन्धित समाचार