माथिल्लो तामाकोशी जलविद्युत पहिरोमा सुदूरका २ युवक, भेटियो शव

प्रकाशित:

कञ्चनपुर। असोज १२ गते (शनिवार) दोलखाको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको माथिल्लो क्षेत्र नुवाभासीबाट खसेको लेदो सहितको पहिरोमा परेर बेपत्ता भएका चार जनाकै शव भेट्टिएको छ ।

लगातारको बर्षापछी जलविद्युत आयोजनाको माथिल्लो क्षेत्र नुवाभासीबाट खसेको लेदो सहितको पहिरोमा पुरिएर बेपत्ता भएका चारै जनाको शव गयराती र आज विहान नेपाल प्रहरी र नेपाली सेनाको सहयोगमा भेट्टिएको जिल्ला प्रशासन कार्यालय दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले जानकारी दिनुभयो ।

नेपाली सेनामा कार्यरत, जलविद्युत आयोजनाको सुरक्षार्थ खटिएका दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर–४ का नरेन्द्र बहादुर पाल बैतडीका शंकर चन्द तथा नवलपरासीका ३५ वर्षीय कृष्णप्रसाद चौधरी, बिगु गाउँपालिका– १ लामाबगरका ३० वर्षीय जयराम तामाङको शव भेट्टिएको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनुभयो ।

पहिरोले आयोजनाको बाँध क्षेत्रका संरचना (हेडवर्क्मा) पनि क्षति पुर्याएको छ । माथिल्लो तामाकोशीमा पानीको बहाव उच्च भएपछि शुक्रबार साँझ ७ बजेदेखि विद्युत् उत्पादन बन्द गरेर बाँधका सम्पूर्ण ढोका (गेट)हरु खुल्ला गरिएको थियो ।

शवहरु नेपाली सेनाले सदरमुकाम चरिकोट ल्याइएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार