कञ्चनपुरमा जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरमा राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) ले आयोजना गरेको जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगितामा सम्पन्न भएको छ ।

उक्त प्रतियोगितामा आधारभुत तह (क) मा मोडेल चाईल्ड केयर बोर्डिङ स्कुल प्रथमले स्थान हासिल गरेको छ । त्यस्तै लिटिल बुद्ध एकेडेमी दोस्रो, जनज्योति मावि तेस्रो र नव प्रतिभा पब्लिक स्कुल चौथों हुँदा सान्त्वना स्थान हात पारेको छ ।

आधारभुत तह (ख) तर्फ लिटिल बुद्ध एकेडेमी प्रथम स्थान हासिल गरेको छ । सगरमाथा शिक्षा एकेडेमी दोस्रो, जनज्योति मावि तेस्रो र युनाइटेड पब्लिक स्कुल चौथौं हुँदै सान्त्वना स्थान हात पारेको छ ।

माध्यमिक तह (क) अन्तर्गत भुवनेश्वरी विद्या मन्दिरले प्रथम स्थान हात पारेको छ । त्यस्तै विस्डम एकेडेमी दोस्रो, सञ्जीवनी शुक्लाफाँटा तेस्रो र लिटिल बुद्ध एकेडेमी चौथौं हुँदै सान्त्वना स्थान हात पारेको छ ।

उक्त हाजिरी जवाफ प्रतियोगिता तीन चरणममा खेलिएको हो । आधारभुत तह (क), आधारभुत तह (ख) र माध्यमिक तह (क) गरेर तीन चरणमा खेलिएको हो ।

प्रतियोगितामा प्रथम हुँनेलाई ४ हजार, दोस्रोलाई ३ हजार, तेस्रोलाई २ हजार र चौथौं एवं सान्त्वनालाई एक हजार नगद रुपैँया सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको हो । प्रतियोगितामा दुई सय बढी विद्यार्थीहरुको उपस्थिती रहेको आयोजकले जनाएको छ ।

शनिबार भीमदत्त–३ स्थित लिलिटबुद्ध एकेडेमीको विद्यालय प्रांगणमा उक्त प्रतियोगिता सम्पन्न भएको हो । जिल्ला शाखाका अध्यक्ष सत्येश बहादुर चन्दको सभापतित्व र भीमदत्त नगरपालिकाको शिक्षा शाखा प्रमुख हरिदत्त जोशीको प्रमुख आतिथ्य रहेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार