कञ्चनपुरमा २ लाखले भरे राष्ट्रिय परिचय पत्रकालागि फारम

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरमा दुई लाख जनाले राष्ट्रिय परिचय पत्रका लागि फारम भरेका छन । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रशाद सापकोटाले हालसम्म २ लाख नागरिकले राष्ट्रिय परिचय पत्रका लागि फारम भरेको बताए ।

२०७९ कार्तिकसम्म निवेदन दिएका सबैको परिचय पत्र आईसकेको सापकोटाले बताए । कञ्चनपुरमा दुई लाखले राष्ट्रिय परिचय पत्रकालागि फारम भरेकोमा अहिले सम्म १ लाख ७८ हजार परिचय पत्र आईसकेका छन ।

जिल्लाका स्थानीय तहमा निवेदन दिएका ८३ हजार र प्रशासनमा झण्डै १५ हजार परिचय पत्र वितरण गर्न बाँकी रहेका छन । समाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परीचय पत्र अनिवार्य गरेपछि गत जेठ, असार, साउनमा सेवाग्राहीको चाप थियो ।

समाजिक सुरक्षा भत्ता सहित अन्य सरकारी सेवाका लागि सर्वोच्चले राष्ट्रिय परिचय पत्र अनिवार्य नगरेपछि नयाँ परिचय पत्र र परिचय पत्र बनाएका सेवाग्राही उत्साहित भएर नआएको उनले बताए । भिडभाँड बढेपछि जनशक्ति थपेर पालिका स्तरबाटै फारम संकलन गरिन लागिएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार