काठमाडौं । विश्वका बिभिन्न मुलुकमा रहेका नेपाली समुदायलाई नियमित रुपमा रक्तदान गर्न सहयोग र उत्प्रेरित गर्न, नियमित रुपमा रक्तदानको व्यवस्था गर्न स्थानीय संजालहरू स्थापना गर्न, रक्तदानको महत्वकाबारे चेतना जगाउन, नियमित रक्तदाताहरुको संख्या बढाउन, नेपाली रक्तदाताहरु र रक्तदान कार्यक्रमलाई विभिन्न सहयोगी निकाय तथा संघ सँस्थाहरुको सहयोगमा प्रभाबकारी बनाउन र नेपालमा हाल रहेको सोध भर्ना रक्तदान प्रबृत्तिलाई पुर्ण स्वयंमसेवि रक्तदानमा परिणत गर्दै नेपाललाई रगत अभावमुक्त राष्ट्र बनाउने उद्देश्य बोकेको अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघले छैटौं महाधिवेशन शनिबार काठमाडौंको सिद्धार्थ फूडल्याण्डमा सम्पन्न गरेकोछ । महाधिवेशनले राहुल रेग्मीलाई अध्यक्षमा निर्बिरोध चयन गरेको छ ।

यसै गरी निबर्तमान अध्यक्षमा अजय सत्याल (अमेरिका), उपाध्यक्षमा निरञ्जन पौडेल (क्यानडा) र डा. मनिता राज कर्णिकार (नेपाल), महासचिवमा उत्तम अधिकारी (नेपाल), सचिवमा तेज कटुवाल (कतार) र कोषाध्यक्षमा सुनिलराज श्रेष्ठ (युएई), मिडिया संयोजकमा रामराज ओली (न्यूजिल्याण्ड) चयन भएका छन् । यसै गरी केन्द्रिय सदस्यहरुमा केदार तिमिल्सिना (अमेरिका), मञ्जु कर्माचार्य (युके), सुरेश गौतम (क्यानडा), रामजी खत्री (कतार), शिव राम भण्डारी (फ्रान्स), रुपेन्द्र विक्रम हमाल (कुवेत), राजन काफ्ले (आयरल्याण्ड) , दिपक श्रेष्ठ (ओमान), नवराज बस्नेत (नेपाल), कमान सिंह खत्री (सेशेल्स), नबिन गौतम (अस्ट्रेलिया), वीरेन्द्र श्रेष्ठ (स्पेन), सोमेस अर्याल (नाइजेरिया),बर्षा छेत्री (युगान्डा), नागेन्द्र जोशी (भारत), चन्दन भण्डारी (पोर्चुगल), भीमसेन थापा (दक्षिण कोरिया), गजन अधिकारी (यूएई), विकास सुवेदी (घाना), ज्योत्स्ना उपाध्याय (अमेरिका) र शेर ब नामग्याल लामा गुरुङ (डेनमार्क) रहेका छन् । २९सदस्यीय नयाँ कार्यसमितिको कार्यकाल २ वर्षको हुनेछ ।

स्टार अस्पताल लिमिटेडका अध्यक्ष किशोर कुमार महर्जनको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पूर्व अर्थ सचिब सुमन शर्मा, पूर्व सचिब धरासापकोटा, केन्द्रिय रक्त संचार सेवाका निर्दशक पवन कुमार गुप्ता, ब्लोदानका अध्यक्ष राजेश श्रेष्ठ, नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष तथा नेपालका सर्वाधिक स्वयंसेवी रक्तदाता प्रेम सागर कर्माचार्य, टीयू लायन्स ब्लड ट्रान्सफ्युजन एन रिसर्च सेन्टरका अध्यक्ष रुद्र हरि ज्ञवाली, वरिष्ठ अधिवक्ता एंव संविधानविद दिनेश त्रिपाठी, सर्वाधिक स्वयंसेवी महिला रक्तदाता निता घिरैया, गोयलापानी समाजका उपाध्यक्ष प्रेम भक्त रेग्मी, गैर आवासीय नेपाली संघका प्रतीनिधी कुनाल मिश्र लगायत रहेका थिए ।

प्रमुख अतिथी महर्जनले कार्यक्रमको उद्घाटन गर्दै रक्तदान महादान भएको भन्दै नेपालमा अझै यसको जनचेतना जगाउन जरुरी भएको जिकीर गरे ।
रक्तदानको जनमानसमा स्वतस्फूर्त रुपमा भावना आउनु पर्ने भन्दै उनले स्टार अस्पातलले आफ्नै ब्लडबैंक संचालन गरी दिनहु बिरामीलाई रगत उपलब्ध गराउन्दै आईरहेको र अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघसँग आफुले र स्टार अस्पतालले सह्कार्य गर्न पाउदा ज्यादै खुशी भएको ब्यक्त गरे ।
उनले रक्तदान जस्तो महादानमा लागेको सम्पूर्ण रक्तदाताहरु धन्यवादको पात्र रहेको समेत जनाए ।


