सुप विश्वविद्यालयका प्रशासकीय अधिकृत जोशीको केन्द्रीय कार्यालयमै करेन्ट लागेर मृत्यु

प्रकाशित:

महेन्द्रनगर । सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयमा कार्यरत एक जना प्रशासकीय अधिकृत करेन्ट लागेर मृत्यु भएको छ ।

शुक्रवार कार्यालयमा नेपाल टेलिकमको ईन्टरनेट नचलेपछि प्राविधिकलाई सघाउनेक्रममा करेन्ट लागेर सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयमा कार्यरत प्रशासकीय अधिकृत कृष्ण दत्त जोशीको मृत्यु भएको हो ।

कार्यालयमा ईन्टरनेट नचलेपछि नेपाल टेलिकमको प्राविधिक टोली केन्द्रीय कार्यालय पुगेको थियो । उक्त टोलीे पुग्दै गर्दा सम्म प्लासले तार काट्ने क्रममा जोशीलाई करेन्ट लागेको थियो ।

उपचारका लागि महाकाली प्रादेशिक अस्पताल पुर्याउदा डाक्टरले उनलाई मृत घोषित गरेका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार