महेन्द्रनगर । कञ्चनपुरको बेलौरीबाट महेन्द्रनगरक तर्फ आइरहेको बस दुर्घटना भएको छ । जिल्लाको बेलौरी नगरपालिका–१० भुडा बाट महेन्द्रनगर तर्फ आउँदै गरेको सु.प.प्र ०२००१ ख ११४५ नम्बर बस दुर्घटनामा हुँदा पाँच जना घाइते भएका छ्न ।

बेलौरीबाट महेन्द्रनगर तर्फ आइरहेको बस शनिवार बिहान ९ बजे दुर्घटनामा परेको हो । उक्त बस दुर्घटनामा चालक अजित सिह राना सहित ५ जना सामान्य घाइते भएका हुन् ।

उनिहरुको स्थानिय बजार कलकत्ता स्थित एक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।



