दोधारा । माईती नेपाल कञ्चनपुरले दोधारा चाँदनी नगरपालिकाको नेपाल–भारत सिमा क्षेत्रबाट एक किशोर र किशोरीको उद्धार गरिएको छ।

नवल परासी, नारायणी, नगरपालिका बस्ने एक १८ वर्षिय किशोरी र भारत बस्दै आएका अन्दाजी १८ वर्षकै एक किशोरलाई भारत जान लागेको अवस्थामा दोधारा चाँदनी नगरपालिका– ३ बडुवाल टोल (नेपाल–भारत सीमा क्षेत्र) बाट सशस्त्र प्रहरी बल फोरवार्ड बेस क्याम्प बडुवाल टोलका ईन्चार्ज धन बहादुर चन्दको टोलीले रोकेको हो।

उनिहरुलाई भारत जान लागेको अवस्था सीमा क्षेत्रमा सोधपुछको क्रममा रोकेको सशस्त्र प्रहरी बल फोरवार्ड बेस क्याम्प बडुवाल टोलले जनाएको छ ।

भारत जान लागेको किशोर र किशोरीलाई सशस्त्र प्रहरीले रोकेर माईती नेपाललाई जिम्मा लगाएको हो । भारत जान हिडेका किशोरी र किशोरलाई दोधारा चाँदनी नगरपालिकाको नेपाल–भारत सीमा क्षेत्रबाट दुबैलाई उद्धार गरिएको माईती नेपाल कञ्चनपुरले जनाएको छ ।
उद्धार गरिएको किशोरलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पठाईएको छ, भने किशोरीलाई माईती नेपाल कञ्चनपुरको संरक्षणमा राखिएको छ ।
भारत जान भनी हिडेका बेला बेचबिखनको जोखिममा पर्न सक्ने भएको हुदा सीमा क्षेत्रबाट उद्धार गरिएको माइती नेपालका संयोजक महेश्वरी भट्टले बताएकी छिन् ।


