महेन्द्रनगर । कञ्चनपुरको कलुवापुरमा जिप दुर्घटना हुँदा एक जना घाइते भएका छन्।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत शुक्लाफाँटा–११ कलुवापुरमा म १ च ५७७ नम्बरको जिप दुर्घटना भएको हो।

आज भएको उक्त दुर्घटनामा भीमदत्त–१२ का ३७ वर्षीय नरेश जोशी घाइते भएका छन्।

घटनाको विस्तृत विवरण आउन भने बाँकी नै रहेको प्रहरीले जनाएको छ।


