कञ्चनपुरबाट दुई लाख बराबरको सामान बरामद

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले दुई लाख मुल्य बराबरको भन्सार छलिको सामान बरामद गरेको छ।

जिल्लाको भीमदत्त नगरपालिका–१० जिमुवा, बेलौरी नगरपालिका–१ फटैया बैसाखी, पुनर्वास नगरपालिका–४ “घ” गाँउ र ११ नम्बर वडा डोकेबजारबाट भन्सार छलिका अन्दाजी एक लाख ७६ हजार ३८० मुल्य बराबरको सामान बरामद गरेको प्रहरीले जानकारी दिएको छ।

बरामद गरेको सामान पेय पदार्थ, स्कुलको टाई, बेल्ट, बेल्टको कडा, टाइल, नल्काको डोल्ची, वासर,ग्याँसको रेगुलेटर, ग्यासको बर्नर, ग्यास पाइप, माछा लगायतका सामान भन्सार कार्यालय पठाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार