महेन्द्रनगरको एक होटलमा युवाहरु बिच झगडा, युवती प्रहरी नियन्त्रणमा

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुर महेन्द्रनगरको एक होटलमा युवाहरुबिच एकआपसमा झगडा हुँदा एक जना घाइते भएका छन् ।

महेन्द्रनगरको सौर्य मम एण्ड सेकुवा सेन्टरमा सोमबार राती ग्राहक बनेर उक्त होटल पुगेका युवाहरुबिच एकआपसमा भगडा हुँदा भीमदत्त–१८ का २८ वर्षिय ओम जोशी घाइते भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

मदिरा पिएर उनिहरुबिच एक आपसमा झगडा हुँदा जोशी घाईते भएका हुन् । जोशीलाई उनि संगै रहेका अन्य ३ जनाको समुहले कुटपिट गरेको हुन् । जोशीलाई कुट्ने तीनै जना फरार रहेको प्रहरीले जनाएको छ ।

घाईते जोशीको महाकाली प्रादेशिक अस्पतालमा उपचार हुन नसकेपछि भारतीय अस्पताल लगिएको जनाइएको छ ।

उनिहरुबिच एक आपसमा झगडा हुँदा जोशीलाई होटलको माथिल्लो तलाबाट धकेलेर भुंईमा फालिएको हुँदा गम्भिर चोटपटक लागेको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले एक युवतीलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । उक्त समुह र झगडाको कारण लागुऔषध हुनसक्ने प्रहरीको आशंका रहेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार