महेन्द्रनगर । सामाजिक सञ्जाल फेसबुकमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यक्रता पक्राउ भनेर अपवाह फैलाउने व्यक्तिलाई कार्वाहीका लागि भन्दै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा उजुरी (निवेदन) परेको छ ।

आशिष साउद भन्ने व्यक्तिको फेसबुकबाट ब्रेकिङ्ग न्यूज भन्दै ‘लागु औषध मुद्धामा कञ्चनपुरबाट रास्वपाका २१६ जना पक्राउ’ लेखेर पोष्ट गरेको प्रति आपत्ति जनाउदै रास्वपा कञ्चनपुरले जिप्रका कञ्चनपुरमा कारर्वाहीका लागि उजुरी दिएको छ ।

उक्त निवेदन (उजुरी) मा भनिएको छ–आशिष साउद नामको फेसबुक आइडीबाट राष्ट्रिय स्वतन्त्र पार्टीका २१६ जना लागु औषध मुद्धामा कञ्चनपुरबाट पक्राउ तथा रास्वपाका नेता भुवन शाहु ३४.१ ग्राम सहित पक्राउ गरेको भनि फेसबुकमा झुट्टा स्टाट्स पोष्ट गरी पार्टीको बदनाम तथा अपवाद फैलाउने खालका पोष्टहरु गर्ने व्यक्तिलाई र सत्यतथ्य नबुझी सेयर गर्ने व्यत्ति मधु भट्टलाई सामाजिक सञ्जाल दुरुपयोग सम्बन्धि छानबिन गरि आवश्यक कारबाहीका लागि अनुरोध गरिन्छ ।





