महाकाली प्रादेशिक अस्पतालद्वारा रौटेला वृद्धाश्रमका वृद्धवृद्धाहरुको स्वास्थ्य परिक्षण

प्रकाशित:

महेन्द्रनगर । महाकाली प्रादेशिक अस्पतालले बैजनाथ धाम जेष्ठ नागरिक सेवा केन्द्र रौटेलामा रहेका वृद्धवृद्धाहरुको स्वास्थ्य परिक्षण गरेको छ ।

बिहिबार सार्वजनिक बिदाको समयलाई सदुपयोग गर्दै महाकाली प्रादेशिक अस्पतालमा कार्यरत डाक्टर तथा नर्सहरुको सहयोगमा वृद्धाश्रममा रहेका वृद्धवृद्धाहरुको निःशुल्क स्वास्थ्य परिक्षणका साथै औषधी र फलफुल समेत वितरण गरिएको अध्यक्ष कृष्ण भट्ट (किरण) ले बताए ।

अस्पताल व्यवस्थापन समितिका सदस्य एवं डाक्टर अर्जन भट्ट लगायतको टोली रौटेला वृद्धाश्रममा रहेका वृद्धवृद्धाको स्वास्थ्य परिक्षणका लागि पुगेको हो ।

वृद्धाश्रममा रहेका केहि वृद्धवृद्धाहरुले नियमित रुपममा प्रयोग गर्ने औषधीहरु समेत वितरण गरिएको अध्यक्ष भट्टले बताए ।

ताजा समाचार

सम्बन्धित समाचार