महेन्द्रनगर । कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा आयोजना भइरहेको क्याम्पस स्तरीय फुटबल प्रतियोगितामा रौलेश्वर जनता आदर्श बहुमुखी क्याम्पस बेलडाँडी फाइनल प्रवेश गरेको छ । सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसको प्राङ्गणमा राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनद्वारा आयोजना गरिएको क्याम्पस स्तरीय फुटबल प्रतियोगिता -२०८० मा लगातार तेस्रो जित निकाल्दै रौलेश्वर जनता आदर्श बहुमुखी क्याम्पस बेलडाँडीले फाइनलमा स्थान सुरक्षित गरेको हो ।

सेमिफाइनलको पहिलो खेल समूह बि अन्तर्गत सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसको टिम-बि लाई रौलेश्वर जनता आदर्श बहुमुखी क्याम्पसले ४(० गोलको अन्तरले हराउँदै फाइनलको यात्रा पक्का गरेको हो । रौलेश्वरको तर्फबाट धिरेन्द्र बहादुर शाहले २ गोल, अनिल सुनार र किरण सुनारले समान एक एक गोल गरेका थिए ।

प्रतियोगिताको समूह ुएु अन्तर्गतको दोस्रो सेमिफाइनल खेल भोलि चैत १८ गते सिद्धनाथ विज्ञान क्याम्पस महेन्द्रनगर र कैलाली बहुमुखी क्याम्पस धनगढी बिच हुने छ । उक्त खेलमा जित निकाल्ने टिमले चैत २० गते दिउँसो रौलेश्वर जनता आदर्श बहुमुखी क्याम्पससँग उपाधिका लागि प्रतिस्पर्धा गर्ने छ ।

चैत १४ गतेदेखि सञ्चालन भएको प्रतियोगिता नक आउट आधारमा सञ्चालन भइरहेको छ । जसमा १४ टिमको सहभागिता रहेको राप्रविवि अध्यक्ष शुभम् चन्दले बताए । उनका अनुसार प्रथम वा च्याम्पियन हुने टिमले नगद ५० हजार सहित ट्र्फी, प्रमाणपत्र र मेडल हात पार्ने छ भने उपविजेता टिमले नगद २० हजार सहित ट्रफी, प्रमाणपत्र र मेडलमा चित्त बुझाउनु पर्ने छ । साथै विभिन्न उत्कृष्ट विधाका खेलाडीलाई समेत उचित पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।