महेन्द्रनगरको ओपेरा होटलमा रेड मार्किङ

प्रकाशित:

महेन्द्रनगर ।  कञ्चनपुरस्थित महेन्द्रनगरको ओपेरा होटलमा क्रान्तिकारी युवा संगठन नेपालले ‘रेड मार्किङ’ गरेको छ।जग्गा कब्जा गरेर सञ्चालन भईरहेको आरोप लागेपछि अवैध संरचना तत्काल खाली गर्न भन्दै ‘रेड मार्किङ’ गरेको हो।

होटल र साहुले तत्कालीन नगर विकास समितिको जग्गा अवैध तरिकाले कब्जा गरेको आरोप लागेको छ।नगर विकास समितिको जमिनमा ओपेराले अवैध संरचनासमेत बनाएको बताइन्छ। जसमा होटल ओपेराको पार्किङ, स्विमिङ्ग पुल लगायतका संरचना रहेको बुझिएको छ।

हालको भीमदत्त नगर विकास समिति हुनअघि तत्कालीन महेन्द्रनगर नगर विकास समितिले वैध निर्णय नगरी सो जग्गा ओपेरालाई भाडामा दिएको थियो।

सो विषयमा अहिले पनि अख्तियारमार्फतको मुद्दा विशेष अदालतमा विचाराधीन छ भने सो बेलाका कर्मचारीसहित अन्य पदाधिकारी सबै मुद्दामा डामिएका छन्।

ताजा समाचार

सम्बन्धित समाचार