कञ्चनपुरबाट डेढ लाख बढीको अवैध समान बरामद

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरबाट ढेड लाख बढीका अवैध समान बरामद गरिएको छ ।

कञ्चनपुरको भीमदत्त–१० तिनताराबाट भन्सार छली ल्याएका अन्दाजी १ लाख ६८ हजार ४ सय मुल्य बराबरका लेडिज सुट, सुईटर, ज्याकेट, गंजि, फोटो फ्रेम, जुत्ता लगायतका समानहरु आइतवार बिहान प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिएको सामान कारबाहीको लागि भन्सार कार्यालय गड्डाचौकी पठाएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार