सर्लाही । सर्लाहीको बागमती नगरपालिका–१२, भरतताल नजिक शनिबार मोटरसाइकल दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल पछाडि सवार बरहथवा नगरपालिका–७, की १९ वर्षीया अस्मिता रायको मृत्यु भएको हो ।

भरत तालबाट बरहथवातर्फ जाने सडकमा मधेस प्रदेश–०३–२५ प ५९२७ नम्बरको मोटरसाइकल तीव्र गतिका कारण अनियन्त्रित भई पल्टिँदा अस्मिता गम्भीर घाइते भएकी थिइन् । उनलाई बागमती मोडेल अस्पताल कर्मैयामा सामान्य उपचारपश्चात् चन्द्रपुर सरकारी अस्पताल रौतहट पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक बरहथवा नगरपालिका–७, कै २६ वर्षीय मुन्ना यादव सामान्य घाइते भएका छन्। चालक यादव र मोटरसाइकललाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मोटरसाइकल धनी २१ वर्षीय सिद्धान्त कुमार शर्मालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
