महेन्द्रनगर । सहकारीको छाप र दस्तखत किर्ते गर्ने दुई जना फरार प्रतिवादी पक्राउ सहकारीको छाप र दस्तखत किर्ते गर्ने दुई जना फरार प्रतिवादी पक्राउ परेका छन् ।

बझाङ छब्बिसपाथिभेरा गाउँपालिका ६ का २२ वर्षिय बिकास चलाउने र सोहि ठाउँका २३ वर्षिय सुन्दर चलाउनेलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले शुक्रबार दिउँसो धनगढी स्थित चौराहबाट पक्राउ गरेको हो ।

फैसला कार्यान्वयनको सिलसिलामा किर्ते सहकारी छाप दस्तखत मुद्दामा जिल्ला अदालत कञ्चनपुरले उनीहरु दुवै जनालाई गत असार १७ गते फैसला गर्दै ६ महिना कैद सजाय र ११ हजार जरिवाना तोकेको थियो ।

असार देखि उनीहरु दुवै जना फरार रहेका थिए । शुक्रवार मात्रै दुवै जना फरार प्रतिवादीलाई प्रहरी पक्राउ गरेको हो ।