मुख्यमन्त्री कप भलिवल प्रतियोगिता अन्तर्गत सेमि फाइनल खेलबाट गण्डकी प्रदेश र सशस्त्र प्रहरी फाइनलमा

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरमा सञ्चालित तेस्रो मुख्यमन्त्री कप भलिबल प्रतियोगिताको उपाधिका लागी गण्डकी प्रदेश र सशस्त्र प्रहरीको बिभागिय टिम भिड्ने भएका छन् ।

प्रदेश खेलकुद परिषद सुदुरपश्चिमको आयोजनामा भइरहेको मुख्यमन्त्री कप भलिवल प्रतियोगिता अन्तर्गत आज भएको सेमि फाइनल खेलबाट गण्डकी प्रदेश र सशस्त्र प्रहरी फाइनल प्रवेश गरेका हुन् । महेन्द्रनगर रगंशालामा आज भएको पहिलो खेलमा गण्डकी प्रदेशले नेपाल प्रहरीलाई ३–२ को सेटले हराउँदै मुख्यमन्त्री कपको फाइनल यात्रा तय गरेको हो ।

आजै भएको अर्को सेमि फाइनल चरणको खेलमा सशस्त्र प्रहरीले नेपाल आर्मीलाई ३–२ को सेटले हराउँदै फाइनल यात्रा तय गरेको हो । शनिबार हुने फाइनल खेलमा गण्डकी प्रदेश र सशस्त्र प्रहरी भिड्ने भएका हुन् ।

 

ताजा समाचार

सम्बन्धित समाचार