भीमदत्त नगरपालिकाका वडाध्यक्ष खड्का मृत फेला

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाका वडाध्यक्ष मृत फेला परेका छन् । भीमदत्त नगरपालिका–६ का वडाध्यक्ष एवं नगर प्रवक्ता महेन्द्र खड्का मोटरसाइकलसहित आज बिहान मृत फेला परेका हुन् ।

महाकाली सिचाईको मूलनहरमा बनेको पक्की बाटोमा आज बिहान उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले बताए ।

म १ प ४८५२ नम्बरको मोटरसाइकल चढेका खड्का आज बिहान मृत भेटिएको डीएसपी डाँगीले बताए ।

महाकाली सिचाईको मूलनहरमा बनेको पक्की सडकमा रहेको पाइपमा मोटरसाईकल ‘स्लीप’ भएर दुर्घटना भएको हुँनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

वडाध्यक्ष खड्का दुर्घटनाग्रस्त अवस्थामा देखेपछि स्थानीयले बिहान प्रहरीलाई खबर गरेका थिए ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार