हमासले इजरेली र विदेशी गरी झन्डै छ दर्जन बन्धक मुक्त गरिसक्दा पनि नेपाली विद्यार्थी विपिन जोशीको अवस्थाबारे स्पष्ट जानकारी प्राप्त हुन नसकेको नेपाली कूटनीतिक अधिकारीहरूले बताएका छन्।

जोशी हमासको नियन्त्रणमा भएको ठानिएको छ। केही साताअघि इजरेली सेनाले हमासको नियन्त्रणमा एक नेपाली बन्धक पनि भएको प्रमाण फेला परेको जनाएको थियो।

उनलाई छुटाउन “आवश्यक सबै किसिमको पहल जारी” राखिएको नेपाली अधिकारीहरूले बताएका छन्।

नेपाली पक्षले अहिलेसम्म जोशीबारे कुरा गर्न हमाससँग सीधा सम्पर्क गरेको छैन बिबिसि समाचार


