कञ्चनपुरमा सरकारी रकम हिनामिना गरेका फरार प्रतिबादी जेल चलान

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरमा फरार प्रतिबादी पक्राउ परेका छन् ।

जिल्ला अदालत कञ्चनपुरको २०७९ चैत्र २८ गतेको फैसलाले सरकारी रकम हिनामिना मुद्वामा २ वर्ष ६ महिना कैद र १५ लाख ९१ हजार ७४ रुपैयाँ जरिवाना तोकिई कर्णबहादुर बिष्ट फरार रहेका थिए ।

५२ वर्षीय कर्णलाई बिहीवार उनकै घर ठेगाना भिमदत्त नगरपालिका ३ बाट प्रहरीले पक्राउ गरी जिल्ला कारागार कञ्चनपुर पठाईएको जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार