महेन्द्रनगर । बेलडाँडी गाउँपालिका भित्रका गर्भवती महिलाहरूले छोरी जन्माउदा प्रोत्साहन स्वरूप ३ हजार दिने उपाध्यक्ष कोसेली कार्यक्रम हिजो बुधबार देखि कार्यान्वयनमा आएको छ ।
गर्भमा रहेको भ्रूणको लिङ्ग पहिचान गरी भ्रूण हत्या गर्ने परिपाटी नेपाली समाजमा मौलाएको देख्दा यसलाई न्युनीकरण गर्नका लागि उपाध्यक्ष कोसेली लागू गरेको बेलडाँडी उपाध्यक्ष शान्ती नाथले जनाईन् ।
उनले भने “यो समाजमा छोरी पनि छोरा सरह हुुुनु भन्ने भनाइलाई कार्यान्वयनमा ल्याउनका लागि यस्तो कार्यक्रमले टेवा पुग्ने बताइन् ।
हिजो रौतेली विचुवा स्वास्थ्य चौकीमा आयोजित एक कार्यक्रमका मा ३० जना छोरी जन्म दिने आमाहरुलाई प्रति ब्याक्ति ३ हजारका दरले बितरण गरिएको उनले बताईन् ।
यस्तै वडा नं ५ का वडा अध्यक्ष इन्द्र बहादुर खडकाले यो कार्यक्रमले भ्रूण हत्यामा कमि आउने बिश्वास व्यक्त गरे । यस स्वास्थ्य संस्थाको अवस्था सुधारका लागि अझै विभिन्न कार्यक्रम ल्याउने बताए । अध्यक्ष खडकाको सभापतित्वमा शुरू गरिएको कार्यक्रममा प्रमुख अतिथि पालिका उपाध्यक्ष शान्ती नाथ रहेकी थिईन् ।