महेन्द्रनगर । आइतबार राति धनगढी उपमहानगरपालिका–१० बस्ने २० वर्षीया प्रिती रानालाई अवैध लागूऔषध ४ ग्राम ब्राउनसुगर सहित प्रहरीले पक्राउ गरेको छ ।
धनगढी उपमहानगरपालिका–३ स्थित माया मेट्रो अस्पतालमा शंकास्पद रूपमा हिँडिरहेको अवस्थामा उनको साथबाट ब्राउनसुगर फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले जाँज गर्ने क्रममा उनको साथबाट उक्त लागूऔषध फेला पारेको थियो ।