भीमदत्त नगरपालिका १६ मझगाउँमा ७ सात जना जुवाडे पक्राउ

प्रकाशित:

 

महेन्द्रनगर । भीमदत्त नगरपालिका १६ मझगाउँमा ७ सात जना जुवाडे पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्र बहादुर शाहले जुवा खेलि रहेको अवस्थामा उनीहरुलाई मझगाउँस्थित धन बहादुर कठायतको घरमा मालिक कठायत सहित पक्राउ गरिएको बताए ।

६÷७ जना पक्राउ गरेका र सबैलाई प्रहरी हिरासतमा राखेका छौ’ शाहले भने,‘ तिहार विदा सकिएपछि उनीहरुमाथि थप कानुनी प्रक्रिया अघि बढ्छ ।’

यस अघि भीनपा १९ बागफाँटामा १९ जुवाडे पक्राउ गरिएको थियो । उनीहरु सबैलाई छाडिएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार