महेन्द्रनगर । जिल्ला अदालत काठमाडौंले प्रहरीलाई सन्दीप माथि अनुसन्धान गर्न दुई दिन म्याद थप दिएको छ ।
यसअघि जिल्ला अदालत काठमाडौंले असोज २४ गते २० गतेबाट गणना हुने गरी ७ दिनको म्याद दिएको थियो ।
त्यसपछि असोज ७ गते दोस्रो पटक पुनः ७ दिन म्याद थप गरेका थिए । कार्तिक २ गते थप चार दिनको म्याद अदालतले प्रहरीलाई दिएको थियो ।
अघिल्लोपटक थपिएको चार दिनको म्याद सकिएपछि प्रहरीले आज लामिछानेलाई जिल्ला अदालतमा उपस्थित गराएका हो । अदालतले अनुसन्धानका लागि फेरी आज दुई दिनको म्याद थपेको हो ।